काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आगामी कात्तिकमा दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई भ्रमणको अनुमति दिएको हो ।
मन्त्री खरेल २०८२ कात्तिक २६ गते दक्षिण कोरियाको सिओलमा आयोजना हुने ११औं ग्लोबल आइसिटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा रहेको मल्टिडोनर ट्रष्ट फन्डमार्फत प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। सो जानकारी सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले दिएका हुन्।














