काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरी जनस्वराज पार्टी जस्वपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार आदेश जारी गर्दै आयोगको असोज २८ गतेको निर्णय हाललाई कार्यान्वयन नगर्न भनेको हो। आयोगको निर्णयविरुद्ध डा. राउतले सर्वोच्चमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए।
अदालतले विपक्षी पक्षहरूलाई लिखित जवाफ पेश गर्न भनेको छ भने आगामी कात्तिक १७ गते छलफलका लागि पेशी तोकिएको छ।














