काठमाडौं । जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा श्रद्धासुमनसहित भाइटीका कार्यक्रम गरेका छन् । उनीहरूले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन् । जेनजी एक नभएसम्म सहिदका आत्माले शान्ति नपाउने र सहिदको आत्मा सधैँ भौंतारिरहने उनीहरूको भनाइ छ ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भइ जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले रगतले लेखिएको इतिहास अब खेर नजाओस्, सहिदको नाममा स्वार्थको खेल नहोस्, सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले माइतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।














