Logo
Logo

दलहरूलाई जेनजीको एकता फुटाउने प्रयास नगर्न चेतावनी


378
Shares

काठमाडौं । जेनजी आन्दोलनका संयोजक सुदन गुरुङले राजनीतिक दलहरूलाई जेनजी पुस्तालाई फुटाउने प्रयास नगर्न चेतावनी दिएका छन् । बिहीबार माइतीघर मण्डलमा आयोजित जेनजी शहीद स्मृति कार्यक्रममा उनले पुराना दलहरूले जेनजीहरूलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

The current image has no alternative text. The file name is: sudan-gurung-1.gif

‘उनीहरूले हामीलाई विभाजित गर्न खोज्छन् भन्ने हामीले बुझेका छौँ,’ गुरुङले भने, ‘यो भ्रममा नरहोस् कि हामी कमजोर छौँ ।’उनले नेताहरूले जेनजीको एकता तोडेर ‘कांग्रेस वा एमाले ठीक’भन्ने वातावरण बनाउन खोजेको बताए । ‘हामी सबै नेपाली एक झण्डामुनि एकजुट होऔँ र देश विकासमा जुटौँ,’ उनले आह्वान गरे ।

हरेक कदम सोचविचार गरेर चालिएको बताउँदै गुरुङले भने, ‘हामीलाई छुट्याउन नेपाली एकता नै तोड्नुपर्छ, जुन उनीहरूको बसमा छैन ।’ नेताहरूले जेनजी अगुवाहरूलाई ‘राम्रो–नराम्रो’को ट्याग लगाउन खोजेको भन्दै उनले रोष प्रकट गरे । ‘देश बिगार्ने ती नेता नै नराम्रा हुन् । नागरिकले अब यस्ता नेतालाई चिनेर सोच बदल्नुपर्छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्