Logo
Logo

कोप–३० का लागि नेपालका नौ एजेण्डा तयारी


315
Shares

काठमाडौँ । ब्राजिलको बेलेममा नोभेम्बर १०–२१ कात्तिक २४–मङ्सिर ५ मा हुने जलवायु सम्मेलन ‘कोप–३०’ का लागि नेपालले नौ एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको छ।

The current image has no alternative text. The file name is: cop.jpg

सगरमाथा संवादका निष्कर्ष ‘सगरमाथा आह्वान’ सहित नेपालले जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त, पेरिस सम्झौताको धारा ६, पारदर्शिता ढाँचा, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि, पर्वत र जलवायु न्यायका विषय उठाउनेछ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय स्थिति पत्रको मस्यौदा तयार गरी अन्तिम छलफल गरिरहेको छ। नेपालले पछिल्ला जलवायुजन्य विपद् र हानिनोक्सानीका उदाहरण प्रस्तुत गर्ने योजना बनाएको छ।

संभावित रूपमा सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा। मदनप्रसाद परियारको नेतृत्वमा नेपालको सहभागिता रहनेछ। विशेषज्ञहरूका अनुसार नेपालले हानिनोक्सानी क्षतिपूर्तिको विश्वव्यापी दबाब बढाउनुपर्ने र नीतिगत तथा प्राविधिक तयारी सँगसँगै गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्