काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन दिइएका १५ दलको कागजात अध्ययन गरिरहेको छ । आगामी फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दल दर्ताका निम्ति निवेदन दिइएको थियो ।

निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको जनाएको छ ।
सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ । तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगले जनाएको छ ।














