Logo
Logo

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय: जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा


756
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् ।

पहिलो निर्णयका रूपमा शर्माले आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् । शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गुप्ताले आइतबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्