Logo
Logo

“ओली सरकारविरुद्ध बोलेको कुरामा पछुतो छैन”


693
Shares

काठमडौं । चर्चित टेलिभिजन निर्देशक अमनप्रताप अधिकारीले जेनजी प्रदर्शनको भिडियोबारे स्पष्टीकरण दिएका छन् । अमनप्रताप अधिकारीले एक भिडियो सन्देश जारी गर्दै उनले तत्कालीन केपी शर्मा ओली सरकारविरुद्ध आफूले आक्रोश पोखेको बताएका छन् ।

अधिकारीले आफ्नो आक्रोश ओली सरकार, संसद् र नेताहरूप्रति रहेको रहेको बताएका छन् । आफ्ना अगाडि पछाडि, दायाँबायाँ चारैतिर स्कुले पोसाकमा भएका विद्यार्थी सरकारको निर्देशनमा चलेको गोलीबाट मृत्युवरण गरेको रिस पोखेको उनको रहेको छ । 

उनले सो आन्दोलनमा आफ्ना सन्तान पनि गएको भन्दै बालबालिका सहिद भएपछि त्यसैको झोक निकालेको बताए । उनले भाइरल भिडियोमा अपशब्द बोल्दै ‘तेरो देश सकियो’ भनेको कुराको पनि तत्कालीन सरकार, संसद् र नेताहरूप्रति लक्षित रहेको स्पष्ट पारेका छन् । 

आफ्नो कुनै पनि बयान देश र जनताविरुद्ध नभएको भनेका छन् । अपशब्दले असहज भएकोमा माफी मागेका छन् । तर जसप्रति लक्षित बयान थियो त्यसमा कुनै पछुतो नभएको उनको भनाइ छ । त्यसैगरी, उनले संसद् भवन वा सिंहदरबार जलाउने कुरामा आफू संलग्न नरहेको बताएका छन् । उनले आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्