Logo
Logo

जुवाडेलाई प्रहरीको उन्मुक्ति


2.2k
Shares

काठमाडौं । जेनजी आन्दोलनबाट मनोबल खस्केको प्रहरीले अपराधीहरू पक्राउ गरे पनि छाड्न थालेको छ । तिहारको बेलामा दाङ प्रहरीले घोराहीमा वडा अध्यक्षसहित पक्राउ गरेका १३ जना जुवाडेलाई छाडिदिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठको निर्देशनमा वडा अध्यक्षसहितका १३ जना जुवाडेलाई छाडिएको हो । दाङमा बढ्दो जुवा र लागुऔषध प्रयोगकर्ताप्रति प्रहरीको मौनतालाई मिलेमतो रहेको शंका छ ।

तिहारमा यो शंकालाई पुष्टि भएको छ । प्रहरी मुकदर्शक बनेको आरोप लागिरहेको बेला वडा अध्यक्ष अर्यालसहितका भिआईपी जुवाडेलाई छाडिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी चक्र शाहले पक्राउ परेकालाई छाडिएको स्वीकारेका छन् । तिहारपछि उपस्थित हुने गरी जिम्मा जमानीमा छाडिएको शाहले स्वीकार गरेका छन् । उनीहरू नगद ४ लाख रकमसहित पक्राउ परेका थिए ।

घोराही उपमहानगरपालिका वडा नं .१५ काठेकोहलस्थित होटल टी थ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्