
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् ।
नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।
दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित वकिल लिएर निर्वाचन आयोग जान लागेको नेता बुढामगरले बताए ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।










