Logo
Logo

प्रहरीको हतियार लुटेर भिडिओ बनाउने स्ववियू सदस्यसहित ४ जना पक्राउ


756
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २५ वर्षीय सुजन वाइबा, २० वर्षीय विकास आग्री, २४ वर्षीय युवराज भण्डारी र २५ वर्षीय अनिल बुढा छन् ।
पक्राउ परेका चार जनामध्ये वाइबा बानेश्वर बहुमुखी क्याम्पसका स्ववियू सदस्यसमेत रहेको प्रहरीले जनाएको छ ।

उनी नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीबाट स्ववियु सदस्य निर्वाचित भएका थिए । उनीहरूमाथि भदौं २४ गते भएको आन्दोलनमा हातमा पेट्रोल बोकी संसद भवन, प्रहरी वृत नयाँ बानेश्वर तथा प्रहरी प्रभाग कोटेश्वरबाट हतियार लुटेर भिडिओ बनाउँदै अशान्ति फैलाएको आरोप छ ।

प्रहरीका अनुसार उनीहरूले आगजनी गर्दै हिँडेको र हतियार समेत बरामद गरिएको छ । बरामद गरिएको हतियार नेपाली सेनालाई बुझाइएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्