Logo
Logo

रारामा एक वर्षमा १९ हजार पर्यटकको आगमन


378
Shares

जुम्ला । कर्णाली प्रदेशको प्रमुख पर्यटनस्थल रारा तालमा गत आर्थिक वर्षमा १९ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जका अनुसार तीमध्ये १२ हजार ९३३ पुरुष र ६ हजार १७१ महिला आन्तरिक पर्यटक थिए ।

The current image has no alternative text. The file name is: rara.jpg

विदेशी पर्यटकको संख्यामा सार्क मुलुकबाट ७७ र तेस्रो मुलुकबाट २७६ जना पुगेका छन् । चालु आर्थिक वर्षको असोजसम्म २ हजार ३४७ आन्तरिक र ३३ विदेशी पर्यटक रारा पुगेका छन् । कर्णाली राजमार्ग सुधारसँगै रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप बढेको छ । दसैँ–तिहारको बेला पर्यटक संख्यामा झन् वृद्धि भएको निकुञ्जले जनाएको छ ।

रारा ताल कर्णालीको आर्थिक र पर्यटन विकासको केन्द्र बन्दै गएको छ । होटल व्यवसायीहरूले राजमार्ग र नाग्म–गमगडी सडक कालोपत्र गर्न माग गरेका छन् ।

जुम्लामा आउने पर्यटकको आकर्षणमा यहाँका रैथाने कृषि वस्तु पनि परेका छन् । स्थानीय व्यवसायीका अनुसार स्याउका चाना, मार्सी चामल, सिमी, ओखर र महजस्ता अग्र्यानिक वस्तुको व्यापार तीव्र गतिमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्