Logo
Logo
त्रिपक्षीय वार्तामा

जेनजीमा माग- भष्टाचारीलाई कारबाही, प्रधानमन्त्री भन्छन्- मुलुक हामीले नबनाए कसैले बनाइदिँदैन


1.8k
Shares

काठमाडौं । जेनजीमा माग– भष्टाचारीलाई कारबाही, प्रधानमन्त्री भन्छन्– मुलुक हामीले नबनाए कसैले बनाइदिँदैन

काठमाडौं । सरकार, राजनितिक दल र जेनजी प्रतिनिधिहरुबीच पहिलोपटक त्रिपक्षीय छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा भएको छलफलमा तीनै पक्षले आ–आफ्ना धारणा राखिरहेका छन् ।

बैठकमा जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भएपनि चुनावमात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

जेनजीहरुले बैठकमा भने– ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ ।’

यता, प्रधानमन्त्री कार्कीले भने जेनजी र दलहरूसँगको छलफलमा एकपटकमात्रै छलफलले नहुने भन्दै निरन्तर संवादमा जोडिन आग्रह गरिन् । प्रधानमन्त्रीले सुरुवातमा राखेको आफ्नो भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भने– ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन ।’

प्रतिक्रिया दिनुहोस्