Logo
Logo

रुसले गर्यो मानवरहित पनडुब्बी ड्रोनको सफल परीक्षण


189
Shares

एजेन्सी । रुसले असीमित दायरा भएको परमाणु ऊर्जाबाट चल्ने टोरपेडोको सफलतापूर्वक परीक्षण गरेको छ । रुसले मंगलबार यसको सफलतापूर्वक परीक्षण गरेको हो ।

सफल परीक्षणलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु ऊर्जाबाट चल्ने स्वचालित मानवरहित पनडुब्बी ड्रोन ‘पोसाइडन’ रुसको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइल ‘सरमत’भन्दा पनि शक्तिशाली भएको बताएका छन् ।

पुटिनले बुधबार यो पोसाइडन परमाणु–संचालित सुपर स्वायत्त टोरपेडोको परीक्षण गर्नु ठूलो सफलता भएको बताए । यद्यपि, सार्वजनिक रूपमा पोसाइडनका बारेमा धेरै कम मात्र जानकारी उपलब्ध छ । यो एक स्वायत्त परमाणु टोरपेडो भएको बताइएको छ ।

यसले रेडियोधर्मी समुद्री छालहरू (लहरहरू) पैदा गर्न सक्ने र तटीय सहरहरूलाई पूर्णरूपमा नष्ट गर्न सक्ने बताइएको छ ।

पुटिनले भने, ‘पहिलो पटक, हामीले यसलाई केवल एउटा वाहक पनडुब्बीको प्रक्षेपण इन्जिनबाट मात्र नभएर परमाणु ऊर्जा एकाइ (न्यूक्लियर पावर युनिट)लाई पनि प्रक्षेपण गर्न सफल भयौँ ।’

पुटिनले यसलाई रुसको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइल सरमत एसएस–एक्स–२९ वा शैतान २ भन्दा पनि धेरै शक्तिशाली बताएका छन् । उनले सरमत मिसाइल चाँडै नै युद्ध तैनाथी (वार डिप्लोइमेन्ट)मा समावेश हुने पनि बताए ।

पुटिनले पोसाइडन ड्रोनलाई एउटा मुख्य सबमरिन (पनडुब्बी)बाट प्रक्षेपण गरिएको बताए । यो एउटा यस्तो परमाणु रिएक्टरबाट सञ्चालित हुन्छ, जो रणनीतिक पनडुब्बीको रिएक्टरभन्दा १०० गुणा सानो छ । यो रिएक्टरले यस ड्रोनलाई असीमित दायरा (रेन्ज) र लामो समयसम्म सञ्चालन गर्ने क्षमता प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्