Logo
Logo

पत्रकार श्रेष्ठलाई महेश बस्नेतको धम्कीप्रति प्रेस संगठनको गम्भीर ध्यानाकर्षण


945
Shares

काठमाडौं । समाचार प्रकाशित गरेको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई एमाले नेता महेश बस्नेतले ज्यान मार्ने धम्की दिएको भन्दै समाजवादी प्रेस संगठन, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेता बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ समाचारलाई लिएर सोही पत्रिकाका सम्पादक तथा समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्कीयुक्त स्टाटस लेखेका थिए ।

समाजवादी प्रेस संगठन, नेपालका महासचिव रोहित दाहालले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साथै तत्काल यो घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग संगठनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्