Logo
Logo

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असोज ।
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ पत्रकार गोपाल बुढाथोकीले पाएका छन् । प्रेस काउन्सिलका जेष्ठ सदस्यका आधारमा काउन्सिलको शुक्रबार बसेको बोर्ड बैठकले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।


कार्यवहाक अध्यक्ष रहेका किशोर श्रेष्ठले राजिनामा दिएपछि बुढाथोकीले सो जिम्मेवारी पाएका हुन् । साँघु साप्ताहिकका प्रकाशक/सम्पादक रहेका बुढाथोकी करिब चार दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्