हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु


Published On : 25 September, 2020

बगलान, ९ असोज (एएनआई) । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।
बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । बाघलान प्रान्तको पल एक खुम्री नगरमा सो सैनिक हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको बताइएको थियो । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो बारेमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्