
काठमाडौं । पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणका लागि दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।
घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनीेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।











