काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आगामी चुनावमा उम्मेदवार नहुने बताएका छन् । चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रवार बिहान १० बजेदेखि १२:३० सम्म भेटेर छलफल गरेका थिए ।
महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यलाई उनीहरुले नेतृत्व परिवर्तन गर्न नसके उम्मेदवार नबन्ने बताएका हुन् । सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।
विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । कांग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । उक्त अवधि २८ पुसमा सकिन्छ । दुई महामन्त्रीले केन्द्रीय सदस्यहरूसँग कुरा गर्दा त्यसअघि नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वतस् निष्क्रिय हुने बताएका थिए ।
सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई हिजो र कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज बिहान भेटेका थिए । सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकरात्मक रहेको केन्द्रीय सदस्यहरूसँग बताएका थिए । चुनावअघि नियमित महाधिवेशन गर्न माग गर्दै देउवा भेट्न गएका नेताहरूलाई सभापतिले महाधिवेशन गर्ने कुरामा आफू सकारात्मक रहेको बताएका थिए ।











