Logo
Logo

समाजसेवी मोडल पल्पसा (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज । पल्पसा श्रेष्ठ मोडलिङ गर्छिन् । तर, मोडलिङ उनको पेसा भने होइन । २१ वर्षीया पल्पसा भन्छिन्, ‘रहरले मात्र मोडलिङ गरेकी हुँ ।’ नेपाल टेलिकमलगायत विभिन्न पेपर एडमा मोडलिङ गरिसकेकी पल्पशा विशेषगरी सामाजिक सेवामा रुचि राख्छिन् ।


‘मिस नेवा–२०१७’मा पार्टिशिपेन्ट भएपछि मोडलिङलाई रुचिका रुपमा अँगालेकी काठमाडौं बुढानिलकण्ठकी पल्पसा लियो क्लव अफ क्रियटिभ युथ, काठमाडौंकी अध्यक्ष हुन् । उनले उक्त सामाजिक संस्थामार्फत नै विभिन्न सामाजिक कार्यमा आफूलाई सहभागी गराउँदै आएकी छन् । लकडाउनकै बेला पनि लायन्स क्लवसँग मिलेर विभिन्न सामाजिक सेवा गरेको पल्पसाले सुनाइन् । मोडलिङ र समाजसेवालाई सँगसँगै डो¥याउँदै आएकी पल्पसाको उद्देश्य भने साइक्लोजिस बन्ने रहेको छ ।


पल्पसा गीत गाउन र डान्स गर्न पनि रुचाउँछिन् । ‘म गिटार पनि आफैँ बजाउँछु’ पल्पसाले सुनाइन्, ‘गाउन र नाच्नु मेरो शौख हो ।’ पल्पसालाई केही म्युजिक भिडियोहरुमा समेत अफर आइसकेको छ । तर, आफूले नगरेको बताइन् । आफ्नो भाषा र संस्कृतिप्रति गहिरो लगाव राख्ने पल्पशा भन्छिन्, ‘मिस नेवामा सहभागी भएपछि आफ्नो भाषा, संस्कृति र पहिरनप्रति अझ सिक्न पाएँ । मलाई नेवारी कल्चर एकदमै मनपर्छ ।’


अब निकट भविष्यमै तराइका गरिब तथा पीडित राहत लिएर जाने योजनामा रहेकी पल्पसाले भनिन्, ‘त्यसपछि चेपाङ बस्तीमा क्लोथ र खाद्य लिएर जाने सोच छ ।’ यिनै मोडल तथा युवा समाजसेवी पल्पसाले केही दिनअघि लाजिम्पाटस्थित होटल सम्पदा गार्डेनमा फोटोसुट गरेकी छन् । तिनै फोटोहरु यहाँ प्रस्तुत गरिएको छ ।

मोडेल : पल्पसा श्रेष्ठ
फोटो : हरि गोपाल प्रधान
श्रृगांर : मोनिमा खड्की
फोटोसुट स्थान : सम्पदा होटल, लाजिम्पाट

 

 

प्रतिक्रिया दिनुहोस्