Logo
Logo

श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपीनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्तरुपमा कृतिको अनावरण गर्नुभयो । जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।

विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपीनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुति रहेको उल्लेख गर्नुभयो । जापानी शैलीका कविता र जापानी जीवनशैलीबारे उहाँले चर्चा गर्नुभयो । यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुति रहेको उल्लेख गर्नुभयो । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गर्नुभएको थियो । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रम साहित्यकार लव गाउँलेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्