Logo
Logo

जेनजी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै पुनः सञ्चालनमा


567
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ । भाटभटेनीले बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

The current image has no alternative text. The file name is: bhatbhateni.jpg

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो । आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा  ल्याइएको हो ।         

भाटभटेनीले ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन पुनः निर्माणको  कामलाई तीव्र गतिमा अघि बढाइएको थियो । आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्