Logo
Logo

देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने


0
Shares

चितवन । देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको छ । नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो ।

The current image has no alternative text. The file name is: devghat.jpg

देवघाट क्षेत्र विकास समितिले आज पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस क्षेत्रमा हुने प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीनवटै स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिने जानकारी दिएको छ । समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले भने, “अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ, कति सकिन्छ ।”

देवघाट क्षेत्रविकास समितिमातहत पर्ने पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्य राखिएको छ । सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा सहयोग गर्न अनुरोध गरे । देवघाटनको दाहसंस्करस्थलको फोहर व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्