
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । जेनजी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीहरूमा कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
नवनियुक्त मन्त्रीहरुको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको तयारी गरिएको छ ।











