काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाहको मुद्धामा प्रतिकुल बकपत्र गरेको आरोपमा जसोधा कुमारीविरुद्ध मुद्धा दायर भएको छ ।

अख्तियारले शुरुमा दिएको बयानको प्रतिकुल हुने गरी बकपत्र दिएको आरोपमा कल्याणपुरकै जसोधाविरुद्ध एक लाखको बिगो माग गरी विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।
अख्तियारले न्ग्स प्रमुखले नाला निर्माणको कामको भुक्तानी दिने प्रयोजनका लागि एक लाख घुस लिएको मुद्धामा जसोधाले बयानको प्रतिकुल बकपत्र गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।











