काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

शुक्रवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
साथै प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एकरएक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।











