काठमाडौं । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
२५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।











