उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ « Drishti News – Nepalese News Portal
Logo

उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही २० असोजमा त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा छन् । परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई सांगातिक हमला गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्