Logo
Logo

प्रहरीमा दैनिक मूल्यांकन प्रणाली लागु


2.6k
Shares

काठमाडौं । नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागु गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीका दैनिक काम–कारबाहीलाई वस्तुनिष्ठ मूल्यांकन गर्ने उद्देश्यले १ पुसदेखि यो प्रणाली लागु गरेको हो ।

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको विवरण समेट्ने गरी केन्द्रीय अभिलेख प्रणाली विकास गरिएको छ । जसले दैनिक रूपमा हुने काम–कारबाहीको विवरणबारे प्रष्ट पार्ने प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए ।

प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त भएपछि दानबहादुर कार्कीले प्रहरीमा सुधार गर्ने बताएका थिए । आईजी कार्कीकै संयोजनमा २५ मंसिरमा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले प्रहरीको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार अहिले कार्यसम्पादन र मूल्यांकनसम्बन्धी ढाँचा बनाएर लागु गरिएको प्रवक्ता काफ्लेको भनाइ छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै यो प्रणाली लागु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्