
काठमाडौं । नेकपा एमालेका अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मतान्तर बढ्दै गएको छ । पछिल्लो परिणाम अनुसार ओलीले ४८९ मत ल्याएका छन् भने पोखरेलले १७७ मत ल्याएका छन् ।
बुधबार बिहान करिब साढे ९ बजेतिर सुरु भएको मतदान २२ घन्टापछि आज बिहान ७ बजे सकिएको थियो । मतदान सम्पन्न भएपछि झन्डै १० बजेबाट सुरू भएको मतगणना अहिले भइरहेको छ । मत गणनाको प्रारम्भिक परिणामदेखि नै ओलीले लगातार अग्रता लिइरहेका छन् ।











