काठमाडौं । उपाध्यक्षमा पराजित भएका नेकपा (एमाले)का नेता गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, बरालले केन्द्रीय सदस्यमा ७५४ मत ल्याएका हुन् । एमाले केन्द्रीय सदस्यमा १ हजार ५०० भन्दा बढी मत ल्याउने निर्वाचित भएका छन् ।
यसअघि बराल उपाध्यक्षमा पनि पराजित भएका थिए । उनले उपाध्यक्षमा १ हजार १३७ मत मात्रै पाएका थिए ।











