Logo
Logo

नेकपा एसबाट एमालेमा फर्किएका ४ जानाले जिते केन्द्रीय सदस्य


7.2k
Shares

काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा तत्कालीन एकीकृत समाजवादीबाट पार्टीमा फर्किएका चार जना नेताले केन्द्रीय सदस्यमा विजय हासिल गरेका छन् ।

 उनीहरू अधिकांश संस्थापन पक्षको प्यानलबाट उम्मेदवार बनेका थिए । पूर्वमन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले खुला केन्द्रीय सदस्यतर्फ १९११ मत प्राप्त गर्दै भारी मतान्तरले जितेकी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सचिव पदको उम्मेदवारी छोडेर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी झाँक्रीलाई ईश्वर पोखरेल समूहले पनि प्रारम्भिक सूचीमा राखे पनि पछि हटाएको थियो । 

यस्तै, कृष्णकुमार श्रेष्ठ (किसान)ले १५६० मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दलित महिला क्लस्टरबाट पार्वती विशुंखेले १८९५ मत ल्याएर विजयी भइन् । 

श्रमिक क्लस्टर खुलातर्फ भोलानाथ पोखरेलले १५२६ मतका साथ जित निकाले । कर्मचारी पृष्ठभूमिका पोखरेल २०८० मा एमालेमा फर्किएका थिए । यद्यपि, सोही समूहका राजु गुरुङ लुम्बिनी प्रदेश भौगोलिक क्लस्टरबाट पराजित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्