Logo
Logo

केन्द्रीय सदस्यमा ओली पराजित


5.9k
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा ‘ह्याट्रिक’ जित हात पारेका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ओली अध्यक्ष पदमा भारी मतान्तरसहित विजयी भए पनि खुला केन्द्रीय सदस्यतर्फ भने आवश्यक मत जुटाउन सकेनन् ।

एमाले निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा ओलीले १ हजार ६ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मतमा सीमित रहे । तर खुला केन्द्रीय सदस्यतर्फ ओलीले जम्मा ९ सय ७९ मत मात्रै पाए । खुला केन्द्रीय सदस्यतर्फ उनी २८औँ स्थानमा परेपछि अन्तिम सूचीबाट बाहिरिएका हुन्।

पार्टी विधानले अनुमति दिएको व्यवस्थाअनुसार ओलीले अध्यक्ष पदसँगै केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्