Logo
Logo

रविलाई रिहा गर्ने निर्णय स्वागतयोग्य : बाबुराम भट्टराई


693
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्ने अदालतको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत डा भट्टराईले अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन र राजनीतिक उपयुक्तता दुवै हिसाबले स्वागतयोग्य भएको बताएका हुन्।

उनले भनेका छन्, ‘यसले वहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबिच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ ।’

यस प्रकरणमा उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । उनले भने– ‘बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरू बिच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने नभुलौँ। प्रतिस्पर्धा गर्दा दुस्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक–राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ।’

प्रतिक्रिया दिनुहोस्