
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरिएको छ ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले तीन सर्तमा रिहा गर्न आदेश दिएपछि उनलाई ललितपुरस्थित नक्खु कारागारको हिरासतबाट निकालेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याइएको छ ।
अदालतको आदेशअनुसार रुपन्देही पुगेपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।











