Logo
Logo

प्रख्यात संगीतकार तथा भजन गायक श्रेष्ठको निधन


441
Shares

काठमाडौं । प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको निधन भएको छ । पुस ३ गते राति १० बजे ९१ वर्षको उमेरमा उनको निधन भएको हो ।

वि.सं. १९९१ जेठ २३ गते काठमाडौंमा जन्मिएका श्रेष्ठको मृत्यु भएको उनका छोरा राजेशमानले जानकारी दिए । रत्नमा नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाका छोरा हुन् ।

उनी नेपाली आधुनिक, भजन तथा नेपाल भाषाका गीत–संगीत क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित छन् । उनी नारायणगोपालका पारिवारिक मित्रसमेत थिए । स्वर्गीय श्रेष्ठका परिवारमा दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्