Logo
Logo

भैरहवाको जहाज उडेन, रवि लामिछाने चितवन हुँदै जाने


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन हुँदै भैरहवा जाने भएका छन् ।

भैरहवा जान आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब भइ विमान उड्न नसकेपछि चितवन हुँदै त्यसतर्फ जाने भएका हुन् ।

रास्वपाका नेता गणेश पराजुलीले काठमाडौंबाट भैरहवाको जहाज नउडेपछि लामिछाने भरतपुर हुँदै भैरहवा जान लागेको जानकारी दिए ।

बिहीबार उच्च अदालत बुटवल, तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालती प्रक्रिया पूरा गर्न जिल्ला अदालत रुपन्देही जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्