काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्कीको सिफारिसमा मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैले सम्हालेकी थिइन् ।











