Logo
Logo

आज चितवनमा विशेष सम्बोधन गर्दै रवि लामिछाने


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भतरपुरस्थित चौविसकोटीमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि लामो हिरासत बसाईपछि शुक्रबार धरौटीमा रिहा भएका उनले आज पहिलोपटक राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने तय भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । झाले भनेका छन्, ‘सभापति रवि लामिछानेज्यू को विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ ।’

यसपछि लामिछाने दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन् ।

उनले भनेका छन्, ‘आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ ।’

यसैगरी आइतबार दिउँसो ३ बजे लामिछानेलाई वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्