
काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् राखिएको जानकारी दिएको हो ।
यसअघि सरदसिंह भण्डारी श्रममन्त्री हुँदा परीक्षण शुल्क ६ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याएका थिए । पुस ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गरेर पुरानै शुल्क अर्थात छ हजार ५०० कायम गरेका हुन् ।
शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिब र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।












