
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दैछ । बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने सभामा ५० हजार सहभागी हुने नेकपाले जनाएको छ ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन तालिका छ ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर बनेको नेकपाले सातै प्रदेशमा एकताको सन्देश सभा गर्दै आएको छ ।











