Logo
Logo

नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था छ : हर्क साम्पाङ


441
Shares

बुटवल । श्रम संस्कृति पार्टीका संयोजक तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपालको सरकार विदेशीहरूले बनाउने र ढाल्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

The current image has no alternative text. The file name is: hark-1.jpg

शनिवार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजित आमसभालाई सम्बोधन गर्दै मेयर राईले साना तथा ठुला आयोजनाका लागि विदेशबाट ऋण लिएर काम गर्नुपर्ने बाध्यताका कारण विदेशीहरूले नेपाललाई हेप्ने गरेको बताए ।

 ‘सानो सडक, पुल वा खानेपानी जस्ता आधारभूत पूर्वाधार बनाउन पनि विदेशीसँग ऋण माग्ने परिपाटीले नेपाललाई माग्नेहरूको देशको छाप लागेको छ,’ उनले भने, ‘यसैकारण विदेशी हस्तक्षेप बढेको र राष्ट्रियता कमजोर बनेको हो ।’

उनले गफ र विदेशी ऋण मात्रले देश नबन्ने भन्दै हप्तामा ६ दिन आफ्नो र एक दिन देशका लागि श्रमदान गर्नुपर्नेमा जोड दिए । चीन, जापान र कोरिया जस्ता देशहरू जनताको श्रमबाटै विकसित र समृद्ध भएको उदाहरण दिँदै उनले नेपालीहरूले पनि त्यसबाट सिक्नुपर्ने बताए । 

‘नेपालमा गफ गरेर दिन बिताउने र परिवारमा एकजनाले मात्र काम गरेर अरू बसेर खाने चलन छ। सबैले काम गर्नुपर्छ, एकजनाको कमाइले परिवार चल्दैन,’  उनले भने । पार्टी संयोजक साम्पाङले चुनाव जितेर सरकारको नेतृत्व गरेपछि एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए देश छोडेर शरणार्थी बन्न तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्