Logo
Logo

जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रविले के भने ? 


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहिद परिवारसँग भेटवार्ता गरेका छन् ।  

The current image has no alternative text. The file name is: rabi-4.jpg

शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेसँग भेट गरेका हुन् ।  

सो भेटमा लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । लामिछानेले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका पहिलो घाइते अभिषेक श्रेष्ठसँग भेट गरेका छन् । लामिछाने वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

भेटका क्रममा उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको पक्षमा आफू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्