Logo
Logo

आफ्ना एजेन्डा बोकेर ईश्वर समूह देश दौडाहमा जाने


693
Shares

काठमाडौं । हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पराजित ईश्वर पोखरेल समूहले आफ्ना एजेन्डा नछाड्ने र देश दौडाहमा जाने निष्कर्ष निकालेको छ ।

शनिबार कार्की बैंक्वेटमा आयोजित पोखरेल समूहका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको महाधिवेशन समीक्षा भेलाले आफ्ना एजेन्डा पार्टीको आन्तरिक बैठक र बाहिर दुवैतिर निरन्तर उठाउने निष्कर्ष निकालेको हो ।

पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजका आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रीकरणलगायतका मुद्दालाई विधिसम्मत ढंगले पार्टीका फोरममा निरन्तर उठाउने निष्कर्ष निकालिएको नेताहरूको भनाइ छ ।

नेता पोखरेलले अध्यक्ष केपी ओलीले अहिलेसम्मका कमजोरी स्विकार्दै सुधारेर पार्टीलाई रूपान्तरणको बाटोमा लैजानुपर्ने बताए । उनले जितको बलमा आत्मसमर्पण गराउन खोजिए स्वीकार्य नहुने चेतावनी पनि दिए ।

‘हामी विभाजन अस्वीकार गर्छौँ, तर आत्मसमर्पण पनि मञ्जुर छैन,’ उनले भने, ‘म जे बोल्छु त्यही हो एमाले, सुन्दा पनि आङ सिरिंग हुन्छ । म भएन भने एमाले हुन्न यो के भनेको हो ? ।’

प्रतिक्रिया दिनुहोस्