
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पार्टीको केन्द्रीय कार्यालय प्रवेश गर्दैछन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार रिहा भएका उनी साढे ८ महिनापछि आज केन्द्रीय कार्यालय प्रवेश गर्न लागेका हुन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछाने अन्तिमपटक गत चैत १५ गते पार्टी कार्यालयमा उपस्थित भएका थिए ।
प्रवक्ता झाले आज दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सभापतिलाई स्वागत गर्ने कार्यक्रम रहेको भन्दै रास्वपाका नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रह गरेका छन् ।












