Logo
Logo

हेटौँडाको सडक विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै


693
Shares

काठमाडौं । हेटौँडाको सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनावाइ हुँदैछ । लामो समयदेखि विवादित रहँदै आएको हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दामा आज सर्वोच्चमा सुनुवाइका लागि मुद्दाको पेसी चढेको हो ।

राजमार्ग क्षेत्रको २५/२५ मिटर सडक कायम गर्नेगरी सडक विस्तार विरुद्ध दर्ता भएको रिटमाथि सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

आजको सुनुवाइले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने निर्णय गर्नेछ ।
हेटौँडा सडक विस्तारका क्रममा आफ्नो घरजग्गा पर्ने स्थानीय बासिन्दाहरूको तर्फबाट विन्दवासिनी कंसाकार समेतले २०८२ मङ्सिर १६ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेकी थिइन् ।

सडक विभाग र स्थानीय प्रशासनले मुआब्जा र उचित प्रक्रिया बिना सडक विस्तार गर्न लागेको भन्दै दायर रिटमा मंसिर १९ मा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्