Logo
Logo

कांग्रेस नवलपरासी-१ बाट विनोद चौधरी एकल सिफारिस


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ । लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नवलपरासी–१ बाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।

चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर, पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा नपठाइएको हो । खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति महामन्त्री थिए । पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो ।

‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट आएको सिफारिसमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट कारबाहीमा परेका विक्रम खनालको बारेमा उल्लेख गरिएको हुँदा सिफारिस गर्न नमिल्ने अवस्थामा जिल्ला कार्यसमितिबाट सिफारिस भई आएकोमा उक्त व्यक्ति कारवाहीमा परेको हुँदा सिफारिस नगरिएको व्यहोरो अनुरोध गर्दछु,’ लुम्बिनी प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ।

नवलपरासी–१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्