Logo
Logo

न्यायपालिकाका फैसलाको प्रत्यक्ष प्रसारण हुनुपर्छ: मिराज ढुङ्गाना


693
Shares

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले न्यायपालिकाका फैसलाहरू प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग गरेका छन् । संवेदनशील विषय बाहेक अन्य सबै फैसलाहरू सार्वजनिक रूपमा प्रत्यक्ष प्रसारण गर्नुपर्ने उनको भनाइ छ ।

The current image has no alternative text. The file name is: miraj-2.jpg

संयुक्त जेनजी आन्दोलन घोषणासभामा बोल्दै ढुङ्गानाले भने, “केही संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ।” उनले न्यायिक प्रक्रियामा पारदर्शिता र जनविश्वास बढाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

ढुङ्गानाले जेनजी आन्दोलनमा सहभागी भएका अभियन्ताहरूको निशर्त रिहाइको माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्