एजेन्सी । रुपन्देहीको कञ्चन गाउँपालिका-३ धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युपछि स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् ।

उनी र उनकी आमाबुबा तथा टोल विकास समिति, आमा समूह लगायतले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिएका हुन्।
ईशानको शव तीन दिनअघि घर नजिकैको नालीमा फेला परेको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार टाउकोमा चोट र रगत बग्दा उनको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले घटनास्थलमा रगत चुहिएको देखिएको नभए पनि अनुसन्धान जारी रहेको जनाएको छ ।
स्थानीयहरू तीन हजारभन्दा बढीको संख्यामा स्वस्स्फुर्त रूपमा प्रहरी कार्यालय घेराउन पुगेका थिए । प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए र शव घरको डेढ सय मिटर दूरीमा रहेको नालीमा फेला परेको थियो । घटनास्थलमा रगत चुहिएको वा लतपतिएको कुनै प्रमाण भने देखिएको थिएन ।












