काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव गरेको एकताको मोडालिटी अस्वीकार गरेको छ ।

शनिवार बसेको केन्द्रीय समितिको बैठकले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार हुने गरी अगाडी सारेको प्रस्ताव अस्वीकार गरेको हो ।
बैठकमा पार्टीका संरक्षक रहेका कुलमान घिसिङले शनिबारनै बालेन शाहसँग भएको छलफल बारे ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी केन्द्रीय सदस्यका अनुसार कुलमानले रास्वपाले बालेनलगायत आफूहरूलाई प्रयोग गर्न खोजेको आशय व्यक्त गरेका थिए । उज्यालो पार्टीले रास्वपाकै नाम र चुनाव चिन्ह राखेर एकता गर्न नसकिने अडान राखेको बताइएको छ ।
त्यस्तै बालेन र रास्वपाबीच हुने भनिएको आजको निर्णायक वार्ता समेत अहिलेसम्म हुन नसकेको बुझिएको छ । कार्यदलस्तरमा सहमति नभएकाले बालेन र रविबीचको भेट निश्चित नभएको बताइएको छ ।












